News स्वास्थ्य

पर्सामा पनि एक साताका लागि निषेधाज्ञा, यस्तो छन पालना गर्नुपर्ने सर्त

पर्सामा पनि एक साताका लागि निषेधाज्ञा, यस्तो छन पालना गर्नुपर्ने सर्त

पर्सामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण र त्यसबाट हुने मृत्यु दर बढ्दै गएपछि स्थानीय प्रशासनले बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा लगाउने भएको छ। 

वैशाख १६ गते बिहीबार बिहान ४ बजे देखि वैशाख २२ गते मध्यरात १२  बजेसम्म वीरगन्जसहित पर्सा जिल्लामा निधेषज्ञा लगाउने निर्णय गरिएको सिडिओ पिताम्बर घिमिरेले जानकारी दिए। 

मङगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकको  सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्साले एक हप्ताका लागि निधेषज्ञा लगाउने निर्णय गरेको उनले वताए ।

निषेधाज्ञाको समयमा औषधि उपचार एवम् अत्यावश्यक काम वोहक घरबाट बाहिर निस्कन र हिड्डुल गर्न पाइने छैन। निषेधाज्ञाको समयमा  औषधि र खाद्यवस्तु सम्बन्धि पसलबाहेक अन्य सम्पुर्ण क्षेत्र वन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

स्वास्थ्य सेवा, त्यससंग सम्बन्धित कर्मचारीले प्रयोग गर्ने सवारी सधान, एम्बुलेन्स, दमकल, शव वाहन, फोहोर मैला व्यवस्थापन, खाद्यान्न र फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायतका ढुवानीका सवारी साधन भने सञ्चालन हुने जनाईएको छ ।
 

विशेष