News

परिक्षा दिन हिडेकी छात्राको लडेर मृत्यु

परिक्षा दिन हिडेकी छात्राको लडेर मृत्यु

सल्यानमा परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् ।  छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको मंगलवार बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा लडेर मृत्यु भएको हो ।

बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।
 

विशेष