News स्वास्थ्य

मन्त्री रायामाझी र नेता रिजाललाई कोरोना, प्रम ओली कन्ट्याक ट्रेसिङ्गमा

मन्त्री रायामाझी र नेता रिजाललाई कोरोना, प्रम ओली कन्ट्याक ट्रेसिङ्गमा

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ्गमा परेका छन् । पहिलो चरणको खोप लगाए पनि ओलीले दोश्रो चरणको खोप लगाउन वाँकी छ।

मंगलवार विहान ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएको छ भने मंगलवार साँझ एमाले नेता विष्णु रिजाल संक्रमित भएको समाचार सार्वजनिक भएको छ। ‘आज गरेको स्वाब परीक्षणबाट ममा कोभिड–१९ पोजेटिभ देखिएको छ। सामान्य लक्षणसहित घरमै बसेको छु’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्–‘यसबीचमा मेरो सम्पर्कमा आउनुभएका महानुभावहरूलाई शीघ्र परीक्षण गराउन र आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछु।

मन्त्री रायामाझी र नेता रिजाल दुवै जना गत आईतवार वालुवाटारमा भएको एमालेको १४औ महाधिवेसन आयोजक कमिटीको वैठकमा सहभागि भएका थिए भने सो वैठकलाई प्रधानमन्त्री ओलीले सम्वोधन गरेका थिए ।

वैठकमा उपस्थित भएका रिजालले प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापासहितका नेतासँग विना मास्क फोटो खिचेर सामाजिक सञ्चालमा शेयर गरेका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिएका नेता रिजाल पछिल्ला केहि वैठकदेखि प्रधानमन्त्री ओली समूहमा खुलेका छन् । 

सुर्य थापा प्रेस सल्लाहकार भएको कारणले सम्पर्कमा पुगेको हुन सक्ने भएकाले प्रधानमन्त्री ओली कन्ट्याक टे«सिङ्गमा परेका हुन । 
 

विशेष