News फोटो

देशको दृष्य

देशको दृष्य

१२ फोटोमा देशको दृष्य। फोटोः रासस

 

दुर्घटनाग्रस्त जीप– तनहुँको तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा मङ्गलबार भएको दुर्घटनामा दुर्घटनाग्रस्त जीप । दमौलीबाट भिरकोट जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

 

मास्कको प्रयोगसहित गिट्टी फुटाउँने काममा हुम्लाका महिला– विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मास्कको प्रयोगसहित गिट्टी फुटाउँने काममा सहभागी हुम्लाको सिमकोटका महिला ।

 

हजुरको मास्क खोइ– प्रदेश नं १ सामाजिक विकास मन्त्रालय एवं नेपाल स्काउटद्वारा मङ्गलबारदेखि प्रदेशमा शुरु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जनचेतना अभियानअन्तर्गत विराटनगरको वस पार्कमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई ‘हजुरको मास्क खोइ’ मा मास्क वितरण गर्दै ।

 

विश्राम गर्दै व्यापारी– पोखराको फेवाताल छेउमा गलैँचा बिक्री गर्न हिँडेका युवा थाकेपछि विश्राम गर्दै ।

 

आन्तरिक पर्यटक– पोखरा महानगरपालिका –२२ स्थित उललेरी गाउँको प्रवेशद्वारामा आन्तरिक पर्यटक । घरवास र पदयात्रा पर्यटनमार्फत गाउँको विकास गर्न खोजिएको छ ।

 

किसानलाई धानको बीउ– कैलालीको टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौरा थारुबाट कृषि समूहमा आबद्ध कृषकलाई ५० प्रतिशत लागत सहभागितामा उन्नत जातको धानको बीउ वितरण । वडाले २० कृषि समूहका १०९ किसानलाई प्रतिकिसान ३० किलोका दरले बीउ वितरण गरेको छ ।

 

सीमा नाका अनुगमन– सीमावर्ती क्षेत्रका नाकाबाट हुनसक्ने आवतजावत रोकथामका लागि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकाअन्तर्गतको सुइया बघौडा भित्री नाका अनुगमन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र प्रहरी उपरीक्षक ओमबहादुर रानासहितको टोली ।

 

बकुल्ला– पोखरा महानगरपालिका–६ ताल बाराही मन्दिर जाने बाटोमा बाँसको झ्याङमा बसेका बकुल्ला । करिब तीन महिना यो ठाउँमा बस्छ्न र पुन बसाइँ सर्छन् ।

 

उपत्यका बाहिर जानेको भीड– काठमाडौँको कोटेश्वरबाट मङ्गलबार गाँउ फर्किदै  सर्वसाधारण । कोभिड–१९ को  नियन्त्रण तथा रोकथामका लागि सरकारले यही वैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा गरेसँगै उपत्यका बाहिर जानेको भीड हुन थालेको छ ।

 

हस्तकलाका सामग्री– काठमाडौँको बसन्तपुर क्षेत्रमा बिक्रीका लागि हस्तकलाका सामग्री राखिँदै ।

 

चुकन्दर उखेल्दै किसान– भक्तपुरको मध्यपुर थिमि–२, गठ्ठाघर नजिकै बारीमा चुकन्दर उखेल्दै किसान । सलादको रुपमा खाइने चुकन्दर बजारमा प्रतिकेजी रु ५०÷६० मा बिक्री हुने गर्दछ ।

 

चक्लाबन्दीमा आलुखेती– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटको सहयोगमा कुशे गाउँपालिका – ५, पाँचकटियामा चक्लाबन्दीमा गरिएको आलुखेती ।

विशेष