गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको दोस्रो बैठक आज बस्दै 

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको दोस्रो बैठक आज बस्दै 


सुर्खेत
हिजोदेखि सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको दोस्रोे बैठक आज बस्दैछ । मध्यान्ह १२ः१५ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजोको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ । हिजो मुख्यमन्त्रीविरुद्ध अविश्वसकोे प्रस्ताव टेबल भएको थियो । सांसदहरूले आआफ्ना धारणा राखेका थिए । मुख्यमन्त्रीको जवाफपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । आज पक्ष÷विपक्षमा मतदान हुननसके भोलि मतदान हुने बताइएको छ । गुरुङलाई मुख्यमन्त्रीबाट हटाउन प्रतिपक्ष तीन दलले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकी प्रदेशमा एमालेका २७, माओवादीका १२ (एक सभामुखसहित) नेपाली काँग्रेसका १५, स्वतन्त्र १ र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । स्वतन्त्र राजीव गुरुङबाहेक प्रतिपक्षका सबै सदस्यहरूले गुरुङ सरकारविरुद्ध उभिने स्पष्ट पारेका छन् ।
 

गण्डकी प्रदेश सभा विशेष अधिवेशन

संम्बधित खबर

विशेष