News

संखुवासभामा वस दुर्घटना हुँदा ३२ जना घाईते

संखुवासभामा वस दुर्घटना हुँदा ३२ जना घाईते

संखुवासभामा शुक्रवार यात्रु बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

मादी नगरपालिकाबाट धरान जाँदै गरेको को १ ख २८२४ नम्बरको बस धर्मदेवी नगरपालिका–४ को दोभानमा दुर्घटना भएको जनाईएको छ ।

सडकबाट करिब बीस मिटर तल पल्टिएको सका घाईतेको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घाईतेलाई प्रहरी र स्थानीयले उद्दार गरी गम्भीर भएका १३ जनालाई  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र १९ जनाको चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

विशेष