News राजनीति

मुख्यमन्त्री रेड जोनमाः सरकार जोगाउन कोरोनाको वहाना, संसद् बैठक अवरुद्ध

मुख्यमन्त्री रेड जोनमाः सरकार जोगाउन कोरोनाको वहाना, संसद् बैठक अवरुद्ध

मुख्यमन्त्री अल्पमतमा परेपछि गण्डकीमा सत्तापक्षकै सांसदले वहानावाजी गरेको संसद् बैठक अवरुद्ध गरेका छन्। सत्ता पक्षका सांसद्ले कोरोना भाइरस (कोभिड–१९) को जोखिम देखाउँदै सबै सांसदहरूले पिसीआर टेष्टको नतिजा ल्याउनुपर्ने माग गरेर वैठक अवरुद्ध गरेका हुन ।

नेकपा एमालेका सांसद्को अवरोधका कारण २० मिनेटका लागि स्थगित गरिएको संसद बैठक अझै सुरु हुन सकेको छैन । एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पिसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग गरेका थिए ।

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताव टेलुल भएको हो । सो विषयमा छलफल हुने कार्यसूची थियो । अविश्वास प्रस्तावबारे भोलि बुधबार मतदानको कार्यतालिका थियो ।

अविश्वासको प्रस्तावमा मुख्यमन्त्री अल्पमतमा परेपछि सत्तारुढ सांसद्हरूले सरकार जोगाउनका लागि अनेक तरिका अपनाइरहेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नयाँ सरकार बनाउन ३१ मत चाहिन्छ । सत्तापक्षीय एमालेसँग अहिले २७ सांसद छन् । जनमोर्चाका ३ सांसदले साथ दिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा ठीक ३१ मत पुग्छ । तर, त्यसमध्ये कुनै एकमत तलमाथि भएमा मुख्यमन्त्री गुरुङ जोगिनेछन् ।

आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकपश्चात सत्तापक्षीय सांसद कृष्ण थापाले आफूहरु अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । आफूहरूलाई १/२ मतमात्र चाहिने भएकाले ठूलो कुरा नभएको प्रतिक्रिया दिएपछि विपक्षीहरू सशंकित बनेका हुन् । 
 

विशेष