News राजनीति

जुटेन सहमति– बिना निष्कर्ष टुंगियो जसपा शिर्ष नेताको वैठक

जुटेन सहमति– बिना निष्कर्ष टुंगियो जसपा शिर्ष नेताको वैठक

सत्ता समिकरणका विषयमा आधिकारीक धारणा वनाउन वसेको जनता समाजवादी पार्टीका शिर्ष नेताहरुको वैठक बिना निष्कर्ष टुंगिएको छ।

सरकारविरूद्ध अविश्वास प्रस्तावको तयारी चलिरहेका वेला मंगलबार जसपाका नेताहरुको वैठक वसेको हो ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा वसेको वैठकमा कुनै निष्कर्ष ननिस्किएको बैठकमा सहभागी एक नेताले वताए ।

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेका थिए। त्यसबारे निर्णय गर्न बसेको शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको ति नेताको भनाई छ ।

छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई  र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

जसपामा ठाकुर र महतो केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन् । उनीहरु कुनै पनि सर्तमा ओलीलाई सरकारवाट आउट गर्नु पर्ने पक्षमा छन् ।

पार्टी श्रोतका अनुसार ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादव पक्षले कांग्रेस र माओवादीले ल्याउने अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तयारी गरेका छन्।
 

विशेष