News राजनीति

गण्डकी प्रदेशका दुई सांसद वेपत्ता, अविश्वासको प्रश्ताव फेल हुने संकेत

गण्डकी प्रदेशका दुई सांसद वेपत्ता, अविश्वासको प्रश्ताव फेल हुने संकेत

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनै लाग्दा गण्डकी प्रदेशका दुई सांसद प्रदेश सभा बैठकमा अनुपस्थित भएका छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही अहिलेसम्म प्रदेश सभा बैठकमा उपस्थित भएका छैनन्।

दुवै सांसदको मोबाइल स्वीच अफ छ। यहि अवस्थामा भए मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जोगिने छ भने अविश्वासको प्रस्ताव फेल हुनेछ । 

गण्डकी सरकार ढाल्न निर्णायक मानिएको जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध मतदान गर्ने निर्णय गरे पनि शाही प्रदेश सभामा उपस्थित नभएपछि अविश्वासको मत फेल हुने संकेत देखिएको हो । 

६० सदस्यीय प्रदेश सभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । गण्डकीमा एमालेको २८ सांसद छन् । एमालेलेलाई स्वतन्त्र सांसद राजीव गुरुङको पनि समर्थन छ । 

त्यस्तै कांग्रेसका १५ र माओवादी केन्द्रका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । 

विशेष