News राजनीति

गण्डकी प्रदेशमा वेपत्ताको श्रृंखलाः सांसदपछि सभामुख सम्पर्कविहिन !

गण्डकी प्रदेशमा वेपत्ताको श्रृंखलाः सांसदपछि सभामुख सम्पर्कविहिन !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आज (वुधवार) मतदान हुने सम्भाना रहेपनि अन्तिम अवस्थामा स्थगित भएको छ । प्रदेश सभाका दुई जना सांसद अनुपस्थित भएपछि प्रभावित भएको प्रदेश सभा अन्ततः अनिश्चितकालका लागि स्थगित भएको छ ।

यति मात्र होईन, प्रदेश सभामा एकपछि अर्को वेपत्ता हुने क्रम रोकिएको छैन । प्रदेश सभा सूचना टाँसेर स्थगित भएपछि सभामुख नेत्रनाथ अधिकारी आफैं सम्पर्कविहीन भएका छन् ।

बैठक स्थगित गरेपछि राखिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख नै आएका छैनन् । कार्यव्यवस्थाको बैठक राखे पनि सभामुख आफैँ सम्पर्कविहिन भएको एक एमाले सांसदले जानकारी दिए ।

यसअघि संसदमा अविश्वासको प्रस्तावमाथि मतदान हुनै लाग्दा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही अहिलेसम्म प्रदेश सभा बैठकमा अनुपस्थित भए।

दुवै सांसद मोबाइल स्वीच अफ गरेर सम्पर्क विहिन भएपछि विभिन्न नेता तथा सांसदहरु खोजतलासा जुटे। तर, फेला पार्न नसकेपछि सांसदको खोजी गर्न माग गर्दै निवेदन दिएपछि बैठक स्थगित भएको हो । जनमोर्चाकी सांसद पियारी थापाले दिएको निवेदनका आधारमा बैठक अनिश्चितकालका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो ।

यो पनि

गण्डकी प्रदेशका दुई सांसद वेपत्ता, अविश्वासको प्रश्ताव फेल हुने संकेत

विशेष