News स्वास्थ्य राजनीति

गण्डकी प्रदेशः अस्पतालमा फेला परे वेपत्ता सांसद 

गण्डकी प्रदेशः अस्पतालमा फेला परे वेपत्ता सांसद 

आज (वुधवार) दिउँसो देखि नै वेपत्ता भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिम विक्रम शाही अस्पतालमा फेला परेका छन् । 

पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा शाहीलाई फेला पारिएको हो । अस्पतालका अनुसार उनी विहानै अस्पताल भर्ना भएका हुन्।

मंगलबार सबै सांसदसँग गरिएको सरकारी परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपनि निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज प्रदेशसभामा मतदानको तयारी थियो। तर, सांसद शाही सम्पर्कविहिन भएपछि उनले संसद छल्न खोजेको आशंका गरिएको थियो । उनी सम्पर्कविहीन भएपछि जनमोर्चाले बैठक रोक्न माग गरेको थियो । सोहि कारण प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
यो पनि

गण्डकी प्रदेशमा वेपत्ताको श्रृंखलाः सांसदपछि सभामुख सम्पर्कविहिन !

गण्डकी प्रदेशका दुई सांसद वेपत्ता, अविश्वासको प्रश्ताव फेल हुने संकेत

विशेष