News अपराध सुरक्षा

ढुंगाले टाउकोमा हानेर आफनै श्रीमतीको हत्या

ढुंगाले टाउकोमा हानेर आफनै श्रीमतीको हत्या

दाङमा एकजनाले ढुंगाले हानेर आफनै श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरका पदम पोखरेलले गएराती ढुंगाले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमानले हानेको ढुंगाले लागेर गम्भीर घाइते भएकी श्रीमती बिमलाको उपचार नै नपाई मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको स्थानीले वताएका छन् ।

प्रहरीका अनुसार पदम भने श्रीमतीको टाउकोमा ढुंगाले हानेर फरार भएका थिए । उनलाई कालाखोलाको जंगलबाट नियन्त्रणमा लिइएको छ। 

विशेष