कंचनपुरका किसानहरुलाई लहसुनको विउ वितरण,पकेट क्षेत्र विस्तार

कंचनपुर
विश्वभर कोरोनाको त्रास फेलिएसंगै बढदो बेरोजगारि मध्येनजर गर्दै कंनपुरको बेदकोट नगरपालिकाले नगर भित्र रहेका कोभिड प्रभावित तथा बेरोजगार यवालाई लक्षित गरि कोभिड प्रतिक्रिया योजना अन्र्तगत वडा नम्बर ६ र ७ लाई लहसुन पकेट क्षेत्रको रुपमा विस्तार गरेको छ । दुवै वडाका ४० जना भन्दा बढि किसानलाई लहसुनको बिउ वितरण गरि ३ देखि ५ कठठा सम्म लहसुन लगाएका किसानहरुले अन्य बाली भन्दा चार गुण भन्दा बढि आम्दानी गर्न सफल भएको बताएका छन । स्थानिय कृषक गोपाल धामीका अनुसार आफुले लगाएका लहसुनले राम्रै आम्दानी दिने गरेको बताए ।अर्का किसान देवराज भटटका अनुसार राम्रो उत्पादन भएको र बजारीकरण पनि राम्रो रहेको कारणले आफुहरुले उत्पादन गरेको लहुसन समेतसजिके खपत हुने गरिएको बताए । कोभिडाट प्रभावित भएर बेरोजगार भएका युवाहरुलाई आत्म निर्भर बनाउन युएनडिपी तथा नगरपालिकाको सहयोगमा दुई वडा एक पाकेट क्षेत्र निर्धाराण भएरकाम भईरहेको छ । कोरोना जोखिमको समयमा संचालित कार्यक्रमले किसानहको जिवन स्तरमा सुधार आउने नगरपालिकाको विश्वास छ ।
वेदकोट नगरपालिकाका उपप्रमुख सुशिल सिंहले रोजगारीका लागि युवाहरु विदेश गएको र उनिहरुस्वदेश फर्किएपछि उनिहरुलाई बेरोजगार नरहन दिनको लागि दुई वटा एक पाकेटर क्षेत्र निधाृरण गरेर लहनुसन खेतीको विकास गरिएको बताइन । कोभिड १९ प्रतिक्रिया तथा पुर्नलाभ परियोजनाका रुपमा कोरोना प्रभावितहरुलाई लक्षित गरि वेदकोट नगरपालिकाका १० वटै वडामा ४ सय भन्दा बढि किसानलाई आत्म निर्भर बनाउने लक्ष्य लिइएको छ । किसानहरुले उम्पादन गर्ने समानहरुको भण्डारण गर्नको लागि समेत सहयोगि समानहरु समेत वितरण गरिएको छ ।