News

वारपाक भुकम्पको ५५२औं पराकम्प, मध्यराती काठमाण्डौं हल्लियो

वारपाक भुकम्पको ५५२औं पराकम्प, मध्यराती काठमाण्डौं हल्लियो

काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर गए राति भुकम्प गएको छ ।

राती १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ म्याग्निच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।परकम्पको धक्का कंलकीसहित उपत्यका र आसपासका क्षेत्रमा महसुस गरिएको थियो।

२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म पनि पराकम्प जाने क्रम जारी छ ।

हालसम्म ५० हजार भन्दा बढी परकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। चार रेक्टर स्केल भन्दा माथिका ५ सय ५२ पटक परकम्प गएको केन्द्रले जनाएको छ।भूकम्पविद्हरुका अनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको पराकम्प अझै १० वर्षसम्म आइरहने सम्भावना छ।
 

मध्यराती भुकम्प काठमाण्डौं हल्लियो

विशेष