News

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना–मतदान गर्न पाउने, सम्वोधन गर्न नपाउने

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना–मतदान गर्न पाउने, सम्वोधन गर्न नपाउने

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण भएको छ। 

मंगलबारको सदनमा सत्तारुढ दलले पिसिआर परीक्षणबिना संसद चल्न नदिने भन्दै अवरुद्ध गरेपछि साँझै स्वाब संकलन गरिएको थियो । ति मध्ये तीन जनालाई कोरोना पुष्टि एको प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

कसलाई भन्ने विषय भने खुलीसकेको छैन । 

वुधवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूचि छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमण भएमा सांसदले मतदान गर्न पाउने तर सम्वोधन गर्न नपाउने निर्णय गरेको थियो ।

विशेष