News स्वास्थ्य

गगन थापाको ध्यानाकर्षण– अमेरिकी सहयोगको कोरोना खोप ल्याउन पहल होस्

गगन थापाको ध्यानाकर्षण– अमेरिकी सहयोगको कोरोना खोप ल्याउन पहल होस्

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य गगन थापाले अमेरिकाले विश्वब्यापी रुपमा सहयोगको घोषणा गरेको ६ करोड डोज कोरोनाको खोप नेपालमा पनि ल्याउन सरकारले पहल गर्नु पर्ने वताएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत सहयोग लिने विषयमा तत्परता देखाउन सरकारको ध्यानाकर्षण गराएका हुन । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘अमेरिकी सरकारले करिब ६ करोड डोज बराबरको कोरोनाको खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भन्ने समाचार स्वागतयोग्य छ।अमेरिकी सहयोगले कोरोनाको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाल लगायत दक्षिण एसियाका देशहरू लाभान्वित हुनेछन् भन्नेमा विश्वास राख्दछु ।’

उनले परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीलाई अमेरिकाबाट खोप ल्याउने सन्दर्भमा सम्पूर्ण कूटनीतिक कौशल र  ऊर्जा प्रयोग गर्न र अमेरिकी दुतावासलाई पनि नेपालको अनुरोधलाई आफ्नो सरकारसम्म पु¥याउन आवश्यक पहलकदमी गर्न आग्रह गरेका छन् ।

प्रराष्ट्रमन्त्री ज्ञवालीले भने त्यस विषयमा सरकारले आवश्यक प्रक्रिया अगाडि बढ़ाई सकेको वताए।
 

नेपाली काँग्रेस गगन थापा कोरोनाको खोप

विशेष