News

भारतको असाममा ६.४ रेक्टर स्केलको भूकम्प, नेपालमा पनि धक्का

भारतको असाममा ६.४ रेक्टर स्केलको भूकम्प, नेपालमा पनि धक्का

भारतको उत्तर पूर्वी राज्य असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । असामको गुहाहिटीबाट १ सय ४० किलोभिटर उत्तरमा रहेको धेकियाजुली भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाईएको छ ।

भूकम्पको धक्का उत्तरी बंगाल र नेपालको पूर्वी क्षेत्रमा पनि पनि महसुस गरिएको छ । भूकम्पमा परि मानिसको ज्यान गएको खबर आएको छैन। तर, घरहरुमा चिरा परेको, घरका सिसा फुटेकोलगायत भौतिक क्षती भने भएको जनाईएको छ ।

यसअघि काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर गए राति भुकम्प गएको थियो । राती १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ म्याग्निच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।परकम्पको धक्का कंलकीसहित उपत्यका र आसपासका क्षेत्रमा महसुस गरिएको थियो।

२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म पनि पराकम्प जाने क्रम जारी छ ।
 

भारत भूकम्प

विशेष