News स्वास्थ्य

स्वास्थ्य विग्रिएपछि प्रचण्ड पत्नि सीता फेरि अस्पतालमा

स्वास्थ्य विग्रिएपछि प्रचण्ड पत्नि सीता फेरि अस्पतालमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई फेरी अस्पताल भर्ना गरिएको छ ।

शरिरमा सोडियम (नून) को मात्रा कम देखिएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको जनाईएको छ ।

स्वास्थ्य अवस्था स्थीर रहे पनि केही दिनदेखि रगतमा सोडियमको मात्रा घटेका कारण अस्पताल भर्ना गर्नुपरेको पारिवारीक श्रोतले जनाएको छ ।

शरिरमा सोडियम कम भएपछि मानिसको शरिर शिथिल हुँदै कमजोरी महसुस हुने गरेको चिकित्सहरु वताउँछन् । यस्तो अवस्थामा बिरामी बोल्न नसक्ने र बेहोश हुने सम्भावना पनि रहने गरेको उनीहरुको भनाई छ। 
 

विशेष