News राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गको पद धरापमा, तीन अंकको खड्गो !

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गको पद धरापमा, तीन अंकको खड्गो !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि संसद सचिवालयमा दर्ता भएको अविस्वासको प्रश्तावमा आज (वुधवार) पनि छलफल हुँदैछ । गुरुङ्ग विरुद्ध नेपाली कांग्रेससहितका दलहरूले गत सोमबार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

छलफल सकिए वुधवारै मतदान गरेर अविश्वासको प्रस्तावमाथि टुंगो लगाउने कार्यक्रम छ। मतदान भए कुनै अर्को अवस्था श्रृजना नभएसम्म मुख्मन्त्री गुरुङ्गको पद जोगिने सम्भाना एकदमै कम छ। जोड घटाउमा गुरुङ्गलाई आफनो पद जोगाउन ३ मतको कमी भईरहेको छ ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको मत आवश्यक पर्छ। प्रदेश सभामा नेकपा एमालेका २८ सांसद मात्र छन्। यसअर्थमा कतैवाट तीन सांसदको मत तान्न सकेमात्र गुरुङ्गको वहुमत पुग्ने अवस्था छ। अन्यथा उनी धरापमा छन।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद तथा स्वतन्त्र एक सांसद छन्।

संसदमा राष्ट्रिय जनमोर्चाका ३ सांसदले सहयोग गरेपनि गुरुङ्गको पद सुरक्षित हुन सक्छ। तर, राष्ट्रिय जनमोर्चाले यसअघि नै अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेकाले मुख्यमन्त्री गुरुङको पद जोगिने सम्भावना निकै कम रहेको जानकारहरु वताउँछन।

यो पनि

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना–मतदान गर्न पाउने, सम्वोधन गर्न नपाउने

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अविस्वासको प्रश्ताव

विशेष