News राजनीति

कोरानाले विथोल्यो कांग्रेस केन्द्रिय समितिको वैठक

कोरानाले विथोल्यो कांग्रेस केन्द्रिय समितिको वैठक

केन्द्रीय सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि बुधबार लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोरोना संक्रमणका कारण वैठक स्थगित भएको पुष्टि गरे ।

पौडेलले वुधवारै एक प्रेस विज्ञप्ति जारी गरी ‘बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजिटिभ देखिएको छ । यस्तो स्थितिमा कोरोनाको तीव्र संक्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ’ भनेका छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पनि २५ जनाभन्दा बढी भेला नहुने निर्देशन दिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा भोलिदेखि दुई साता निषेधाज्ञा जारी गरिएको छ।

विशेष