News स्वास्थ्य

कोरोना फैलिएपछि काठमाण्डौं छोड्नेको लर्को, १ लाखले छोडे उपत्यका

कोरोना फैलिएपछि काठमाण्डौं छोड्नेको लर्को, १ लाखले छोडे उपत्यका

कोरोना संक्रमण न्यूनिकरणका लागि सरकारले काठमाण्डौंमा निशेषधाज्ञा जारी गर्ने निर्णयसँगै काठमाण्डौं छोड्नेको संख्या ह्वात्तै वढेको छ । निषेधाज्ञा जारी गरेपछि २ दिनमा १ लाख मानिसले काठमाडौं छोडेका छन् ।

सरकारले दुई साताको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाबाट बाहिरिनेको भिड लागेको हो। मंगलबार मात्रै ५१ हजारले उपत्यका छोडेको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकमा रहेको छ।

नागढुंगा नाकाबाट मात्र ४५ हजार ७ सय ७५, फर्पिङबाट ४५, भक्तपुर तथा मुड्कुबाट ६ हजार ३ सय ६० जना बाहिरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

यसअघि सोमवार ५० हजारले उपत्यका छाडेका थिए। उपत्यकामा कोरोना संक्रमण बढेसँगै १० गतेबाट नै उपत्यका छोड्नेहरू बढेका थिए।

महाशाखाका अनुसार १० गते देखि १४ गतेसम्म क्रमश ः ४४ हजार ९ सय ७२, ४३ हजार ९ सय २७, ३९ हजार ४ सय ४५, ५० हजार ४ सय ५६ र ५२ हजार १ सय ९० जना गरि करिब ३ लाख जना बाहिरिएका छन्। 
 

कोरोना फैलिएपछि काठमाण्डौं छोड्ने १ लाखले छोडे उपत्यका

विशेष