News स्वास्थ्य

नेपालगन्जमा एकै पटक १०५ स्वास्थ्यकर्मी संक्रमित, तिनैले गर्दैछन् अन्य संक्रमितको उपचार

नेपालगन्जमा एकै पटक १०५ स्वास्थ्यकर्मी संक्रमित, तिनैले गर्दैछन् अन्य संक्रमितको उपचार

कोरोना संक्रमण वढ्दै जाँदा नेपालगञ्जमा १ सय ५ जना स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । 

बाँकेको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका १६ जना डाक्टरसहित १०५ जनालाई कोरोना संक्रमण भएको हो।

भेरी अस्पतालमा कार्यरत आठजना डाक्टरसहित ७३ जना स्वास्थ्यकर्मी र कर्मचारी तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आठजना डाक्टरसहित ४२ जना स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन्। 

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार १४ दिनको अवधिमा डाक्टरसहित अस्पतालका ७३ जना कर्मचारीहरू संक्रमित भएका छन् । आठजना डाक्टर, ३३ जना नर्सिङ कर्मचारी, २२ जना सहायक कर्मचारीहरू (क्लिनर र हेल्पर), आठजना प्यारामेडिक्स (एचए तथा अहेव) र दुईजना प्रशासनमा कार्यरत कर्मचारीहरू संक्रमित भएको उनले वताए ।

संक्रमित आठजना डाक्टरमध्ये दुईजनाको आईसीयूमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

डाक्टर र स्वास्थ्यकर्मी नै संक्रमित भएपछि जनशक्ति अभाव भएको छ। जसका कारण संक्रमित स्वास्थ्यकर्मीले नै कोरोना संक्रमितलाई उपचार गर्नुपर्ने अवस्था छ।

विशेष