News राजनीति

मुख्यमन्त्री पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, आजै सपथ ग्रहण

मुख्यमन्त्री पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, आजै सपथ ग्रहण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माधवकुमार नेपाल समूहका सांसदहरुलाई वाहिर राखेर वुधवार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

विस्तारित मन्त्रिमण्डलमा सिन्धुपाल्चोकका सरेश नेपाल, नुवाकोटका केशव पाण्डे, दोलखाकी सरस्वती बस्नेतलाई मन्त्री र धादिङ २ ख का डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्री बनाईएको श्रोतले जनाएको छ ।

नयाँ नियक्त मन्त्रीहरुको आजै ४ बजे शपथ रहेको जनाईएको छ।

साबिक नेकपा हुँदा आन्तरिक विवादका कारण अविश्वासमा परेका मुख्यमन्त्री पौडेललाई हटाउन राजीनामा दिएका मन्त्रीको खाली ठाउँ तथा अन्य केहीलाई राज्यमन्त्री दिएर सरकार विस्तार गरिएको हो।

मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव पेश गर्नका लागि तत्कालीन नेकपाका प्रचन्ड–माधव पक्षमा रहेका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट अरुण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीबाट सालिकराम जम्मरकट्टेल, सामाजिक विकास मन्त्रीबाट युवराज दुलालले राजीनामा दिएका थिए।

मुख्यमन्त्री पौडेलको सरकार विस्तारलाई विपक्षीले उनको सरकार जोगाउने खेल भएको प्रतिकृया दिएका छन्। 
 

विशेष