News अपराध सुरक्षा देश

सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लियो

सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लियो

सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

मुद्दा फिर्ता हुनेमा जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्तासमेत छन् ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सरकार वादी भइ दर्ता भएका १५ थान मुद्दामा प्रतिवादी बनाइएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको गुरुङले बताए।

मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङको भनाई छ। 

विशेष