News राजनीति

गण्डकी प्रदेशः दिपक मनाङे मन्त्री बन्दै, आजै सपथ

गण्डकी प्रदेशः दिपक मनाङे मन्त्री बन्दै, आजै सपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल विस्तार गर्न लागेका छन् । गुरुङ्गले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्री बनाउन लागेको जनाईएको छ ।

मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको जनाईएको छ । मुख्यमन्त्री गुरुङ निकट स्रोतका अनुसार नवनियुक्त मन्त्री गुरुङलाई बिहीबारै सपथ गराउने तयारी छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् । संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा जनमोर्चाका सांसद खिमविक्रम शाहीसहित मनाङे अनुपस्थित भएका थिए । 
 

विशेष