News स्वास्थ्य

कोरोना भाइरसको सङ्क्रमणबाट थप ३५ जनाको ज्यान गयो

कोरोना भाइरसको सङ्क्रमणबाट थप ३५ जनाको ज्यान गयो

कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप ३५ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ सहित थप ३५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार दुई सय ४६ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणवाट ४८ सय ३१ र एन्टिजेन परीक्षणवाट ९७ सहित ४९ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको संख्या तीन लाख १७ हजार पाँच सय ३० पुगेको छ । 

विशेष