News राजनीति

अघिल्लो दिन वेपत्ता भएका मनाङे भोलीपल्ट मन्त्री, लिए सपथ

अघिल्लो दिन वेपत्ता भएका मनाङे भोलीपल्ट मन्त्री, लिए सपथ

गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रीको सपथ लिएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई सपथ गराएका हुन । सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेर मनाङेलाई मन्त्रीमा नियुक्ती गर्नुलाई अर्थपुर्ण रुपमा लिईएको छ ।


मुख्यमन्त्री गुरुङ्गले सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाएका हुन् । माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् ।

कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखेका छन् ।

मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा तय भएको मतदानका बेला भने उनी उपस्थित भएका थिएनन् । उनको यहि योगदानका कारण मन्त्री वनाईएको चर्चा छ।

विशेष