News राजनीति

लुम्विनीका सभामुखलाई ठाकुरको पत्र– सांसदलाई पदमुक्त गरिएको छैन

लुम्विनीका सभामुखलाई ठाकुरको पत्र– सांसदलाई पदमुक्त गरिएको छैन

अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कारिणी समितिबाट नभएको भन्दै प्रदेशसभामा पत्राचार गरेपछि जसपामा तरंग उत्पन्न भएको छ ।

ठाकुरले बिहीबार सभामुखलाई पठाएको पत्रमा लुम्बिनीमा पूर्व राजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको जनाउँदै संसदीय दललाई नै प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन पठाइएको जनाएका छन् ।

पत्रमा केन्द्रीयस्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही नभएको उल्लेख छ। लुम्बिनी प्रदेश सभा संसदीय दलको बहुमतको निर्णयलाई नै मान्यता दिइने व्यहोरा उनको पत्रमा उल्लेख छ। 

लुम्विनी प्रदेश सभाको ६ सदस्यीय प्रदेश सभा संसदीय दलमा चारजना पूर्व राजपा र २ जना समाजवादी पार्टी पक्षका छन् । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डेलाई उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको निर्णय अनुसार प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको छ ।
 

विशेष