News स्वास्थ्य

१० जनाको स्वाव परिक्षण गर्दा ७ जनालाई कोरोना पुष्टि

१० जनाको स्वाव परिक्षण गर्दा ७ जनालाई कोरोना पुष्टि

सप्तरीमा १० जनाको कोरोना परिक्षण गर्दा ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा बिहीबार साँझ गरिएको परीक्षणमा २ जना नर्सिङ स्टाफसहित ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

२ जना नर्सिङ स्टाफ सोहि अस्पतालमा कार्यरत छन् ।

स्वाव लिएका अन्य ५० जनाको रिपोर्ट आउन बाँकी छ।

यसैगरी, प्रदेश २ मा बिहीबार २५९ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ८६४ पुगेको छ।

संक्रिय संक्रमितमध्ये १ हजार२४२ पुरुष र ५५६ महिला गरी १ हजार ७९८ जना होम आइसोलेसनमा छन्। ४९ जना पुरुष र १७ जना महिला गरी ६६ जना अस्पतालमा उपचाररत छन्।  

पर्सामा सबैभन्दा बढी १ हजार १६३ जना सक्रिय संक्रमित छन्। जसमध्ये १ हजार ०५७ जना संक्रमित घरमै छन् भने ५६ जना अस्पतालमा भर्ना भएका छन् । बारामा २१८ जना संक्रमित घरमै छन् भने रौतहटमा ११६ जना संक्रमित घरमा छन्। सर्लाहीमा १६, महोत्तरीमा ६९, धनुषामा २४९ जना संक्रमित घरमा छन्।

सिरहामा १० जना संक्रमित अस्पतालमा भर्ना छन् भने २९ जना घरमा छन्। सप्तरीमा ४४ जना संक्रमित घरमा छन्।
 

विशेष