News अपराध सुरक्षा

बडिगाड घटनामा संलग्न ८ जना सार्वजनिक

बडिगाड घटनामा संलग्न ८ जना सार्वजनिक

बागलुङको बडिगाड घटनामा संलग्न ८ जनालाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

बडिगाड गाउँपालिका–१० का २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढा मगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा मगर, तिर्थ लाल बुढा मगर, ३१ वर्षीय सूर्य बुढा मगर र ४६ वर्षीय ढाल बहादुर बुढा मगरलाई प्रहरीले पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरेको हो ।

होली खेल्ने क्रममा बडिगाड गाउँपालिका–१० र निसीखोला गाउँपालिका–७ को सिमाना बल्देधुरीमा झडप हुँदा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दामाईको ज्यान गएको थियो। 

चैत १५ गते भएको उक्त घटनामा प्रहरीले मिलन बुढा मगर र रेशम बुढा मगरलाई गुल्मीको मदाने गाउँपालिकाबाट, कुमार छन्त्याललाई रुपन्देही, रेशम बुढा मगरलाई बुर्तिबाङ, सूर्य बुढा मगर र ढाल बहादुर बुढालाई दर्लिङबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार दुई जनाले जिल्ला प्रशासनमा आत्मसर्मपण गरेका हुन्। पीडित परिवारले दिएको किटानी जाहेरीमा उल्लेख भएका ६ जना मध्ये ४ जना पक्राउ परेका छन् । 

सार्वजनिक बडिगाड

विशेष