कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्य अवस्था विग्रियो
कोभिड–१९ संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था खराव हुन थालेपछि उनलाई आईसियुमा राखेर उपचार थालिएको छ ।
अक्सिजनको मात्रा कम देखिएपछि उनलाई आइसियूमा राखिएको हो ।
कोमललाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि आइसियूमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था भने सामान्य रहेकाले अक्सिजन दिनु परेको छ । तर छोरी प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।
उनीहरु तिनै जनाको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।