News स्वास्थ्य

कन्ट्याक ट्रेसिङ्गमा परेका प्रधानमन्त्री ओलीको यस्तो छ अवस्था ?

कन्ट्याक ट्रेसिङ्गमा परेका प्रधानमन्त्री ओलीको यस्तो छ अवस्था ?

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ्गमा परेपछि उनको वारेमा सर्वत्र चासो छ।  पहिलो चरणको खोप लगाए पनि दोश्रो चरणको खोप लगाउन वाँकी नै रहेका वेला ट्रेसिङ्गमा परेपछि उनको वारेमा चासो वढेको हो ।

उनको निकट तथा एउटै कार्यक्रममा सहभागिहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओली ट्रेसिङ्गमा परेका हुन् । ओली आइसोलेसनमा रहेको कतिपयले आशंका गरेका छन् । तर, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने उनी आईसोलेसनमा नरहेको जनाएका छन् ।

गत आइतबार बालुवाटरमा बसेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकका केही सदस्यहरुलाई कोरोना संक्रमण भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी, एमाले नेता विष्णु रिजाल, खिमलाल भट्टराई, माधव ढुंगेल संक्रमित भएका छन् ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै वसको एमालेको बैठकलाई प्रधानमन्त्री ओलीले उक्त वैठकलाई सम्वोधन गरेका थिए । उक्त वैठकमा सहभागि मध्ये झण्डै आधा दर्जन ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा आम नागरिकले चासो ब्यक्त गरेका छन् । 
 

विशेष