News अपराध सुरक्षा

ओखलढुङ्गाको गुन्छा खोलामा कस्ले राख्यो पाइप बम

ओखलढुङ्गाको गुन्छा खोलामा कस्ले राख्यो पाइप बम

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको छ।

प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली प्लास्टिकले बेरेको अवस्थामा पाइप बम १ थान र अन्य २ थान शंकास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घाँस काट्न जाँदा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय र अरिदमन गण ओखलढुंगाबाट खटिएको वम डिस्पोजल टोलीले उक्त बम डिस्पपोज गरेको छ । वम पुरानो भएको सुरक्षाकर्मीले जनाएका छन् ।

त्यो क्षेत्रमा अरु पनि वम हुन सक्ने आशंका गरिएको छ । त्यस्तो शंकास्पद वस्तु देखेमा नचलाई, नछोइ तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।
 

विशेष