News स्वास्थ्य

कोरोना संक्रमित प्रदेशसभा सदस्यको अवस्था गम्भिर, हेलिकप्टरबाट काठमाडौं लगीयो

कोरोना संक्रमित प्रदेशसभा सदस्यको अवस्था गम्भिर, हेलिकप्टरबाट काठमाडौं लगीयो

कोरोना संक्रमित प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ओमप्रकाश शर्मालाई उपचारका लागि काठमाडौं  लगिएको छ । शर्मालाई बिहीबार बिहान ११ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको हो । 

गत हप्ता संक्रमित भएका शर्मा होम आइसोलेसनमा बसेका थिए। अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौं लगिएको  वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष रामनगीना साह कानुले जानकारी दिए । 

शर्मालाई मधुमेहको लेबल बढेको र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो ।

नेपाली काङ्ग्रेसका नेता समेत रहेका शर्मा उद्योग वाणिज्य संघ वीरगन्जका पुर्व अध्यक्ष हुन्।

विशेष