News अपराध सुरक्षा

प्रिन्सिपलले नै गरे छात्रामाथि यौन दुब्र्यवहार, घट्ना सार्वजनिक भएपछि मिलापत्रको प्रयास

प्रिन्सिपलले नै गरे छात्रामाथि यौन दुब्र्यवहार, घट्ना सार्वजनिक भएपछि मिलापत्रको प्रयास

मोरङको बेलबारी–२ स्थित एक कलेजका प्रिन्सिपलले आफनै छात्रामाथि यौन दुब्र्यवहार गरेको आरोप लागको छ ।

शिक्षा सन्देश म्यानेजमेण्ट कलेजका प्रिन्सिपल राजेश खत्रीले गत चैत १३ गते शैक्षिक भ्रमणका क्रममा १६ वर्षीया छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको हो । दवाव र प्रभावा करिव एक महिनासम्म गुपचुप राखिएको यो घट्ना प्रहरी कार्यालयमा पुग्दा समेत पञ्चायती वसेर मिलापत्र गराउने प्रयास गरिएको छ ।

पीडित बालिकाका आफन्त प्रिन्सिपल खत्रीलाई कारबाहीको माग गर्दै प्रहरीमा पुगेपछि सामाजिक  अगुवाहरूसहितको पञ्चायती बसेर गाउँमा घटना मिलात्रप गराउने प्रयास गरेको खुलेको छ । 

घटना मिलाउन भन्दै पटक–पटक छलफल बसेका थिए । घटना लुकाउन पीडित परिवारलाई दबाव दिने गरेका थिए । यौन दुव्र्यवहारको आरोप लागेका खत्री नेपाली काङ्ग्रेस बेलबारीको नगरसचिव भएका कारण जोगाउन काङ्ग्रेस र एमालेका नेता समेत लागेर मिलापत्र गर्न परिवारलाई दवाव दिएको आरोप छ।

स्थानीय नेताहरुले गाउँघरको कुरा बाहिर लैजान नहुने भन्दै पीडित परिवारलाई मिल्न दबाव दिएको अडियो रेकर्ड समेत सार्वजनिक भएको छ । आफन्त प्रहरी कार्यालयमा पुगेपछि पछिल्लो एकसातामा घटना मिलाउन भन्दै दुईपटक पञ्चायती बसेको पीडित परिवारका सदस्यले जानकारी दिएका छन् । 

शैक्षिक भ्रमणमा गएकी छात्रालाई शिक्षकले चैत १३ गते यौन दुव्र्यवहार गरेका थिए । अन्य विद्यार्थी घुम्न गएका बेला एक्लै बसेको अवस्थामा दुव्र्यवहार भएको पीडितले बताएकी छन् ।  

काठमाण्डौं भ्रमणमा गएको टोली चैत १५ गते बिहान फर्किएको थियो । त्यसपछि कलेज प्रशासनले बोलाएको छलफलमा पनि दुव्र्यवहार गरेको पीडित छात्राका बाबुले बताए । 

इलाका प्रहरी कार्यायल बेलबारीका प्रमुख इन्स्पेक्टर सरोज खनालले बालिकामाथि यौन दुव्र्यवहार भएको घटनाको उजुरी नआएको बताए । घटनाको विषयमा बाहिरी रूपमा जानकारी आए पनि पीडित परिवार उजुरी लिएर नआएको बताए । 
 

विशेष