News

पुल भत्किँदा त्रिशूलीमा बेपत्ता दुवै जनाको शव भेटियो

पुल भत्किँदा त्रिशूलीमा बेपत्ता दुवै जनाको शव भेटियो

भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने निर्माणाधीन पुल भत्किँदा त्रिशूली नदीमा बेपत्ता भएका दुवै जना मृत भेटिएका छन्  ।

पुल निर्माणका क्रममा वैशाख १२ गते भाँच्चिँदा एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका थिए । वेपत्ता मध्ये एकको शव बुधबार र अर्काको बिहीबार फेला परेको हो ।

बिहीबार भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको छ । उनीहरुको शव पुलमुनि भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गोताखोरको टोलीले निकालेको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । 
 

विशेष