News स्वास्थ्य राजनीति

वेपत्ता भनिएका प्रदेश सांसद भन्छन्– अचानक बिरामी भएर अस्पताल गएँ

वेपत्ता भनिएका प्रदेश सांसद भन्छन्– अचानक बिरामी भएर अस्पताल गएँ

वुधवार दिनभरी वेपत्ता भएर अस्पतालमा फेला परेका गण्डकी प्रदेशका सांसद खेमविक्रम शाहीले आफू बिरामी भएका कारण अस्पताल गएको वताएका छन् ।

सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदानको संघारमा बेपत्ता भएका भनिएका बाग्लुङका सांसद शाहिलाई कतिपयले वन्धक वनाएर अस्पताल पुर्याएको आशंका गरेका छन् । तर, उनी स्वयमले आफु अचानक विरामी भएर अस्पताल गएको वताएका छन् । 

आफनो वारेमा विभिन्न खाले टिकाटिप्पणी भईरहेका वेला त्यसवारे जानकारी दिए बिहीबार एक विज्ञप्ति जारी गरेका शाहीले सदनमा जाने भनि तयारी गरिरहेका बेला अचानक बिरामी भएकाले अस्पताल गएको बताएका छन्।

‘सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएँछु। म अहिले उपचाररत छु। हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु’– उनले भनेका छन्।

अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरि दिनु आग्रह गरेका उनले पार्टीको र संसदीय दलको बैठकले गरेका निर्णयमा आफू पनि सहभागी भएको र ती निर्णयमा आफ्नो सहमति कायम रहेको प्रष्ट पारेका छन् ।

‘साथै पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरूप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्वता कायमै छ’–उनले भनेको छन।

विशेष