News अपराध सुरक्षा स्वास्थ्य

स्थानीय प्रशासनद्वारा सुनसरीमा पनि निषेधआज्ञा

स्थानीय प्रशासनद्वारा सुनसरीमा पनि निषेधआज्ञा

कोरोना संक्रमणको महामारीका तिव्र रुपमा वढ्न थालेपछि स्थानीय प्रशासनले शुक्रवार रातिदेखि लागु हुनेगरी सुनसरीमा पनि निषेधआज्ञा जारी गरेको छ ।

सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधआज्ञा जारी गरिएको सिडिओ उमेशकुमार ढकालले जानकारी दिए । शुक्रबार राति १२ बजेदेखि एक सातालाई निषेधाज्ञा हुने भएको हो । 


बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन शुक्रवार १२ देखि २४ वैशाखसम्म निषेधआज्ञा जारी गरेको प्रमुख ढकालले वताए । 

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन संचालन गर्न प्रतिबन्ध लगाइएको छ । प्रजिअ ढकालले निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले निर्देशनलाई उलंघन गर्ने जोकोहीलाई सक्रमण ऐन अनुसार पक्राउ गरी कारवाही गरिने उनले वताए ।
 

विशेष