News अपराध सुरक्षा

‘प्रेस ज्याकेट’ लगाएर सामान ढुवानी, पसलमा वग्रेल्ती

‘प्रेस ज्याकेट’ लगाएर सामान ढुवानी, पसलमा वग्रेल्ती

सञ्चारकर्ममा फिल्डमा खटिएका सञ्चारकर्मीलाई पहिचान गर्न सजिलो होस भनेर ‘प्रेस ज्याकेट’को प्रयोग गरिन्छ । तर, वेला वखत यसको दुरुपयोग हुँदा भने संचारकर्मीहरु माथि नै प्रश्न उठ्ने गरेको छ।

नेपालमा दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि सरकारले काठमाण्डौं उपत्यमामा निशेधाज्ञा जारी गरेको छ । निशेधाज्ञामा अत्यावस्यक सवारी साधान सञ्चालन गर्न दिने सरकारको निर्णय छ।  रिपोर्टिङ्गमा खटिनु पर्ने भएकाले सञ्चारकर्मीका सवारी साधन पनि संचालमा आउने गरी सरकारले ब्यवस्था मिलाएको छ।

यहि सुविधाको उपयोग गर्न फेरी पनि प्रेस ज्याकेटको दुरुपयोग गर्ने क्रम वढेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा प्रेस ज्याकेट लगाएर मोटरसाईकलमा सामान ओसार पसार गरेको फोटो चर्चामा आएको छ। यति मात्र होईन, पसलमा वेच्नका लागि राखिएका प्रेस ज्याकेटको फोटोले निकै चर्चा पाईरहेको छ ।

फोटो कहाँको र कुन अवस्थाको हो भनेर नखुले पनि खुलेआम विक्रिका लागि राखिनु र सामान ढुवानीका लागि प्रयोग गरिनुले यसको दुरुपयोग भईरहेको कुरालाई भने प्रष्ट पारेको छ । 

यस विषयमा अहिलेसम्म कसैले पनि आधिकारीक धारणा सार्वजनिक गरेको छैन। यस्तो वेलामा नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला निकाय नै सचेत भएर यसेको दुरुपयोग रोक्न लाग्नु पर्ने नागरिक समाजका अगुवाहरुको भनाइ छ।
 

विशेष