News

धौलागिरी हिमालमा फेला पर्यो १५ वर्षअघि हराएको हेलिक्टर

धौलागिरी हिमालमा फेला पर्यो १५ वर्षअघि हराएको हेलिक्टर

नेपाली सेनाको हिमाल सफाई गर्ने टोलीले धौलागिरी आधार शिविर नजिकै एउटा हेलिक्टरको अवेशष दुई जनाको शव फेला पारेको छ ।

धौलागिरि आधार शिविरबाट करिव १ किलोमिटर पर इटाली आधार शिविरतर्फ नाईन एन एसिआर लेखिएको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले जनाएको छ ।

सेनाले दिएको जानकारी अनुसार उक्त हेलिकप्टर सन् २००६ मा दुर्घटना भएको एअर डाइनेस्टी हेलिकप्टरको अवशेष हो।

यस्तै धौलागिरि आधार शिविर नजिकै हिमालमा प्रयोग हुने सामग्रीसहित दुई वटा मानव शवको अवशेष पनि भेटिएको र शव पहिचानको काम भइरहेको सेनाले जनाएको छ ।

सगरमाथासहित ६ वटा हिमाल सरसफाइका लागि सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म कुहिने र नकुहिने गरी पाँच हजार एक सय ५४ किलो फोहर सङ्कलन गरिसकेको सेनाले जनाएको छ । 

विशेष