News

२४ घण्टामा कोरोनावाट ३३ जनाको मृत्यु

२४ घण्टामा कोरोनावाट ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट थप ३३ जनाको मृत्यु भएको छ । बिहीबार २४ घण्टाको अवधिमा ३५ जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा गरी शुक्रवार ३३ जनाको मृत्यु भएको हो। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १५ हजार ३ सय ९१ पीसीआर परीक्षणबाट शुक्रबार ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।

यो सँगै निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । 

विशेष