News Breaking News मुख्य समाचार देश राजनीति

मधेश तथा थरुहटका मुद्दाहरु सरकारले फिर्ता लिएपछि मधेशका सहरहरुमा मैनवती प्रज्वलन

मधेश तथा थरुहटका मुद्दाहरु सरकारले फिर्ता लिएपछि मधेशका सहरहरुमा मैनवती प्रज्वलन

काठमाडौं । मधेश तथा थरुहट आन्दोलनताका मुद्दाहरु नेपाल सरकारले फिर्ता लिएपछि मधेशी युवाहरुले राजविराज सहित मधेशका विभिन्न प्रमुख सहरहरुमा मैनवती प्रज्वलन गरेका छन् ।

सरकारले वुुधवार मात्रै १ सय २० ओटा मुद्धाहरु फिर्ता लिएको निर्णय सार्वजनिक गरेको थियो । जसको स्वागतमा विहिवार राजविराज, लहान, जनकपुर सहितका ठाउहरुमा निर्णयलाई स्वागत गर्दे मैनवत्ती प्रज्वलन गरिएको छ ।

राजविराज स्थित दशनचौक र गजेन्द्र चौकमा मैनवती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरिएको छ । यसैगरि सिरहाको लहान, धनुषाको जनकपुरधाम लगायतका स्थानहरुमा जसपाका युवानेताहरुले मैनवती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरेका हुन ।

सरकारले मधेस थरुहट आन्दोलनका क्रममा लगाइएको सरकारवादी १५ मुद्दासँग सम्बद्ध १२० जनाको मुद्दा हिजो बुधबारै मन्त्रीपरिषको निर्णयबाट फिर्ता लिएको छ ।

विशेष