News स्वास्थ्य

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएन, प्लाज्मा थेरापीबाट उपचार थालियो

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएन, प्लाज्मा थेरापीबाट उपचार थालियो

कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।

अस्पताल श्रोतका अनुसार उनलाई बिहीबार साँझदेखि नै प्लाज्मा थेरापीबाट उपचार थालिएको हो ।

उनमा श्वासप्रश्वासको समस्या देखिएको छ भने अक्सिजनको समेत कमी देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझदेखि उनलाई आइसियूमा सारिएको थियो ।

उनलाई अझै पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको जनाईएको छ ।

यसैगरी, पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

उनीहरू तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । 
 

विशेष