इटालीमा पाकिस्तानी मुस्लिम किशोरीलाई परिवारले नै बनायो बन्धक, हिन्दू केटालाई हेरे मार्ने धम्की
इटाली । अरेज्भोको टस्कन सहरमा एक पाकिस्तानी मुस्लिम किशोरीलाई उनको परिवारले बन्धक बनाएर राखेको पाइएको छ । हिन्दू केटालाई हेरेमा मार्ने धम्कीसमेत दिएको इटालियन प्रहरीले बिहीबार रिपोर्ट गरेको छ ।
स्रोतलाई उद्धृत गर्दै एएनएसए.आईटले मुसलमान किशोरीलाई बन्धक बनाइएको भन्दै एक भारतीय केटाले कारबिनिएरी (इटालियन प्रहरी) लाई जनाएको थियो । ती किशोरले इटालियन प्रहरीलाई ती किशोरीलाई मुक्त गर्न भन्दै इमले पठाएका थिए ।
प्रहरीले ती किशोरीलाई उनको परिवारको बारेमा इमेलमार्फत नै जानकारी लिएको थियो । ती किशोरीले पनि आफ्नो कम्युटरबाट प्रहरीलाई आफू बन्धक बनेको भन्दै मेल पठाएकी थिइन् ।
उनले प्रहीलाई परिवारले उनलाई हिन्दू किटालाई हेरेको भन्दै बन्धक बनाएको र ज्यान मार्ने धम्कीसमेत दिएको बताएकी छन् ।
उनी करिब एक वर्षदेखि बन्धक बनेकी थिइन् । प्रहरीले उनीहरूको अनुसन्धान भइरहेको बताएको छ र परिवारले विशेष गरी छोरीको बुबा र भाइहरु विरुद्ध आरोप लगाउन सक्दछ ।
यसैबीच, किशोरीलाई भने परोपकार गृहमा राखिएको छ ।