News राजनीति

उपेन्द्र–वावुराम पक्षको पत्र विरुद्ध महन्थ ठाकुर आयोगमा

उपेन्द्र–वावुराम पक्षको पत्र विरुद्ध महन्थ ठाकुर आयोगमा

लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

पार्टीको वैठक नै नवसेको वेला लुम्विनीका सांसदलाई प्रदेश सभावाट निस्काशन गरेको विषयमा कुरा गर्न उनी आयोग पुगेका हुन् ।

ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् ।

पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरले जिकिर गरेका छन् ।

ठाकुरले आयोगमा वुझाएको पत्रमा भनिएको छ–‘अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ।’

विशेष