News

गायक प्रकाश सपुतलाई कोरोना, सामान्य नठान्न आग्रह

गायक प्रकाश सपुतलाई कोरोना, सामान्य नठान्न आग्रह

युवा गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी स्वयमले फेसबुकमार्फत् आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन्।

उनको फेसवुक पेजमा लेखिएको छ– ‘अन्ततः काठमाण्डौं मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त योबीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैजनाले पीसीआर टेस्ट गर्नु होला । एकदमै धेरै शरीर दुख्ने÷गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ किजस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ।’

होम आइसोलेसनमा वसेका उनले कोरोनालाई सामान्य नठान्न पनि आग्रह गरेका छन्। ‘लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउँ । सुरक्षित बसौं ! आसा राखौं यो माहामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौं।’


 

विशेष