News

बागलुङ कालिका मन्दिर परिसरमा आगलागी, मन्दिर जोखिममा

बागलुङ कालिका मन्दिर परिसरमा आगलागी, मन्दिर जोखिममा

प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ । 

काठेखोला छेउमा रहेको फोहर व्यवस्थानस्थलदेखि आज शुरु भएको आगो मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।

आगलागीका कारण मन्दिरको पश्चिम पट्टिस्थित जङ्गलमा ठूलो क्षति पुगेको छ । मन्दिर परिसर नजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाइ छ । जङ्गलमा कुहिएका काठ, रुखका पात र झार बढी भएकाले नियन्त्रणमा कठिनाइ भैरहेको बताइएको छ । 
(रासस)
 

विशेष