News

बाँकेको नरैनापुरमा भीषण आगलागी, १ सय २० घर जले, आगो निभाउने क्रममा जारी

बाँकेको नरैनापुरमा भीषण आगलागी, १ सय २० घर जले, आगो निभाउने क्रममा जारी

बाँकेको नरैनापुरमा भीषण आगलागी हुँदा १ सय २० घर जले खरानी भएका छन् भने आगो निभाउने क्रममा तीनजना घाइते भएका छन्।

नरैनापुर गाउँपालिका–४ खोदावामा दिउँसो करिव ४ बजे लागेको आगोका कारण १ सय २० घर जलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओमबहादुर रानाले जनाकारी दिए। तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा नआएको र धेरै क्षती भएको उनको भनाई छ ।

नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास अहिले पनि जारी नै छ । 

आगलागिमा ३ जना घाईते भएका छन् । घाईते एक महिलालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । घटनाको पुरा विवरण आउन वाँकी छ । 

आगलागी नरैनापुर

विशेष