News फोटो

देशको दृष्य

देशको दृष्य

८ फोटोमा देशको दृष्य। फोटोः रासस


रास ताल– सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित रास ताल । वनभोज खान साइकल यात्रामा सयर गर्न, चरा अवलोकन, मत्स्य अवलोकनदेखि जङ्गल सफर गर्न रास ताल लोकप्रिय छ । सुनसरीको पूर्व–पश्चिम राजमार्गमा रहेको कान्छी चोकबाट साढे पाँच किलोमिटर सडक दूरीमा छ यो ताल । इटहरीबाट आधा घण्टामा पुग्न सकिन्छ ।

 

सर्वे गरिँदै– दंगीशरण गाउँपालिका–२ कौवाघारीस्थित चालढुङे खोलामा हाइड्याम्प निर्माणका लागि सर्वे गर्दै प्राविधिक ।

 

चित्तललाई खानेकुरा दिँदै– पशुपतिनाथ मन्दिर नजिकै रहेको मृगस्थली जङ्गलमा राखिएका चित्तललाई खाने कुरा दिँदै त्यहाँ घुम्न आएका आन्तरिक पर्यटक ।

 

चैते धान रोप्दै नगर उपप्रमुख आचार्य– चैते धान पकेट क्षेत्र रामपुर नगरपालिका–४ स्थित तल्लो बडमान खेतमा नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, कृषि शाखा प्रमुख रामहरि पाण्डेय कृषकसँग सामूहिक धान रोप्दै ।

 

मुख्यमन्त्रीद्वारा रङ्गशाला अनुगमन– प्रदेश १ का मुख्यमन्त्री शेरधन राई शुक्रबार साँझ भोजपुर सदरमुकामको कोदारमा निर्माण भइरहेको अन्तराष्ट्रियस्तरको भोजपुर रङ्गशालाको स्थलगत अनुगमन गर्दै । रङ्गशालाकोे हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । रङ्गशाला शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड ५ लाख लागतमा गत मङ्सिर महिनाबाट  निर्माण शुरु भएको हो । २०८० सालसम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायमाझी, मार्सेली जेभीले जिकिर गरेको छ ।

 

झुल वितरण– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई गर्मीमा लामखुट्टेबाट बच्न झुल वितरण गर्दै वडाध्यक्ष रामबहादुर थापालगायत सदस्य । वडा कार्यालयले ज्येष्ठ नागरिकका घरघरमै पुगेर झुल, च्यवनप्राश वितरण शुरु गरेको छ ।

 

धार्मिक स्थलमा ज्योतिषी– पशुपतिनाथ मन्दिर नजिकै आर्यघाट आसपास क्षेत्रमा आएका दशर्नाथीको भाग्य हेर्न बसेका ज्योतिषी  ।

 

पुस्तकालयको अवलोकन– राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार इतिहासविद् डा महेश्वर पन्तको डल्लुस्थित निवासमा रहेको ऐतिहासिक पुस्तकालयको अवलोकन गर्दै । साथमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ तथा डा पन्तलगायत । नेपालको इतिहास र संस्कृतिविद्याको खोजी गर्ने संस्था संशोधन मण्डलको कार्यालय उहाँको भवनबाट सञ्चालन हुँदै आएको छ ।

देशको दृष्य

विशेष