News राजनीति

प्रधानमन्त्रीद्वारा १६५ वटा सडकको एकै पटक शिलान्यास

प्रधानमन्त्रीद्वारा १६५ वटा सडकको एकै पटक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । शिलान्यास गरिएका सडकको कुल लम्बाई २ हजार २ सय १० किलोमिटर छ।

बालुवाटारमा आयोजित विशेष कार्यक्रममा ओलीले सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सबै सडकको शिलान्यास गरेका हुन् । १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडक निर्माणका लागि प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् ।

हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल, र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने गरी योजना छनौट गरिएको छ ।

प्रधानमन्त्री ओलीले सडक निर्माणमा ५७ अर्ब १० करोड रुपैयाँको लागत हुने र तीन वर्षभित्र सम्पन्न हुने बताए । 

प्रधानमन्त्री शिलान्यास १६५ सडक

विशेष